३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाकी लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको छ । प्रतिनिधि सभामा भएको मतदानमा २५७ सांसदले भाग लिएका सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।  

लामाको पक्षमा ५ मत पर्‍यो । विपक्षमा २१५ मत पर्‍यो भने तटस्थ सांसदको संख्या ३७ रहेको सभामुख अर्यालले जानकारी दिए । अब उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित हुनेछिन् ।

प्रकाशित: २७ चैत्र २०८२ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App