राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जेठ १ गते शुक्रबार बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने राप्रपाले जनाएको छ।
पार्टीले निर्वाचनपछिको परिवर्तित राजनीतिक सन्दर्भमा आगामी रणनीति तय गर्न, सातवटै प्रदेशमा सम्पन्न समीक्षा बैठकबाट प्राप्त सुझावमाथि छलफल गर्न तथा केन्द्रीय कार्यसमिति बैठकको मिति निर्धारण गर्न बैठक बोलाइएको जनाएको छ।
यसका साथै पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा समेत बैठकमा छलफल हुने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २७ वैशाख २०८३ १९:०३ आइतबार





