राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ।
आज दिउँसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा उक्त बैठक बस्ने भएको हो।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेण्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित: ११ मंसिर २०८२ ०८:३८ बिहीबार





