५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

आरके मैनाली भन्छन्: पछि कीर्तिपुरमा ‘केपी भवन’ र दमककाे भ्यु टावरको नाम ‘केपी टावर’ नाम दिन्छन्

पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी महत्वाकांक्षाले अहिलेको अवस्था आएको आरोप लगाएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मैनालीले यस्तो टिप्पणी गरेका हुन्।

‘मदननगरमा पार्टी कार्यालय नबनाएर कीर्तिपुरमा पार्टी कार्यालय केपी भवन बनाउने नाममा लाग्नुपर्दैनथ्यो,’ मैनालीले भने, ‘यस खालका निजी मनोवृत्तिहरू जस्तो–दमकमा दुई चार अर्ब कतिको भ्यु टावर बनाइयो, त्यो भ्यु टावर किन बनाएको हो भने पछि गएर त्यो केपी भ्यु टावर हुने हो। त्यो मनोकांक्षा हो।’  

यस्ता निजी स्वार्थले नेतालाई गाँजीसकेपछि अहिलेका जस्ता अवस्था सिर्जना हुने उनले बताए। ‘यस्तो अवस्था संसदीय व्यवस्थामै भयो भने राष्ट्रपतीय प्रणालीमा हुन्न भन्ने कल्पना गर्न त सकिन्न,’ मैनालीले भने।  

प्रकाशित: १२ कार्तिक २०८२ २०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App