४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा लक्षित रिजालको प्रश्न : जेनजीको नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा जेनजी कहाँ छन् ?

नेकपा (एमाले) का नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका नयाँ राजनीतिक दलहरूको अस्तित्वमाथि प्रश्न उठाएका छन्। उनले स्थापित दलहरूको तुलनामा नयाँ पार्टीहरूमा अवसर वितरणमा नातागोता, व्यापारी र हल्लाखोरहरूको बाहुल्य रहेको आरोप लगाएका हुन्।

रिजालले लेखेका छन्, ‘स्थापित र लामो इतिहास भएका पार्टीका केही बाध्यता र ‘ब्यागेज’ हुन्छन् र अवसरको वितरणमा ती प्रकट हुँदा तिनैलाई मुख्य मुद्दा बनाएर नयाँ पार्टी बनाएकाहरूको समानुपातिक सूची हेर्नुभयो नि ? नातागोता, व्यापारी, हल्लाखोरहरू‘ को बाहुल्य छ ।’ उनले जेनजीका नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा कति जेनजी परेको भन्दै प्रश्न पनि गरेका छन्। 

रिजालले अगाडि लेखेका छन्, ‘पार्टी नबन्दै पदको बाँडफाट, सौदाबाजी र लेनदेनबाट स्पष्ट हुन्छ–चर्का नाराबाजी, होहल्ला, गालीगलौज गर्न सजिलो छ तर पार्टी बनाउन र टिकाउन सजिलो छैन। बाँकी त चुनाव घोषणा भएकै छ। जनताको हातमा छ।’ रास्वपाभित्र समानुपातिक उम्मेदवार सिफारिसलाई विवाद भइरहेको समयमा उनको यस्तो बयान आएको हो। 

हेर्नुस् रिजालको एक्स पोस्ट
स्थापित र लामो इतिहास भएका पार्टीका केही बाध्यता र ‘ब्यागेज’ हुन्छन् र अवसरको वितरणमा ती प्रकट हुँदा तिनैलाई मुख्य मुद्दा बनाएर नयाँ पार्टी बनाएकाहरूको समानुपातिक सूची हेर्नुभयो नि ? नातागोता, व्यापारी, हल्लाखोरहरू……को बाहुल्य छ । 

जेनजीका नाममा राजनीतिको रोटी सेकाउन तल्लीनहरूको प्राथमिकतामा कति जेनजी परे ? 

पार्टी नबन्दै पदको बाँडफाट, सौदाबाजी र लेनदेनबाट स्पष्ट हुन्छ- चर्का नाराबाजी, होहल्ला, गालीगलौज गर्न सजिलो छ तर पार्टी बनाउन र टिकाउन सजिलो छैन । 

बाँकी त चुनाव घोषणा भएकै छ । जनताको हातमा छ ।

प्रकाशित: १६ पुस २०८२ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App