२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

ढुक्क हुनुहोस्, बालेन र कुलमान हाम्रै संगठनमा आउँछन् : मेयर राई

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक बालेन शाह र कुलमान घिसिङ आफ्नो संगठनमा आउने दाबी गरेका छन्।

मेयर राईले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। उनले बारम्बार बालेन र कुलमान आफ्नो संगठनमा जोडिने बताउँदै आएका छन्।

सोही क्रममा उनले अरू तिर जानु भनेको भ्रष्टको हलि बन्नु भएको बताउँदै बालेन र कुलमानको स्वभाव यस्तो नभएको समेत उल्लेख गरेका छन्।

'ढुक्क बस्नुस्! बालेन र कुलमान पनि हाम्रै संगठनमा आउनेछन्!' उनले लेख्छन्, 'अरु तिर जानू भनेको भ्रष्टको हलि बन्नु हो जुन वहाँहरूको स्वभावमा पर्दैन!'

प्रकाशित: १९ श्रावण २०८२ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App