१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रञ्जितासँग रेसमको ‘राजनीतिक ब्रेकअप’

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे, चुनाव चिन्ह जाँतो

पत्नी रञ्जिता श्रेष्ठसँगको द्वन्द्वकै बिच रेसम चौधरीले नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढाएका छन्। पत्नी श्रेष्ठसँग ‘राजनीतिक ब्रेकअप’ गर्दै रेसम बिहीबार नयाँ दल दर्ताको प्रक्रिया सुरु गर्न निर्वाचन आयोग पुगेका हुन्।  

रेसमले नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ राखेको स्रोतले बतायो। यसअघि रञ्जिता अध्यक्ष र रेसम संरक्षक रहेको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी(नाउपा) थियो।  

नयाँ दल दर्ता गर्न रेसमसहित डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन्। उनीहरूसँगै दर्जन बढी नेताकार्यकर्ता आयोग पुगेका देखिन्छन्। सार्वजनिक तस्बिरहरूमा उनीहरू सबैले एकै प्रकारको ज्याकेट लगाएर गएका छन्।  

रेसमले नयाँ दलको चुनाव चिन्ह जाँतो राखेका छन्।  

प्रकाशित: १३ कार्तिक २०८२ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App