सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भागमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह आवश्यक परेमा सम्बन्धित नम्बरमा सम्पर्क गर्न नागरिकहरूलाई आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जानकारी दिंदै सबैलाई सचेत रहन अनुरोध गरेको छ।
त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म भारी वर्षा जारी रहने सम्भावना छ। यसबाट उत्पन्न सम्भावित विपद् परिस्थितिमा नागरिकको सुरक्षा र सही सूचना प्रवाह सुनिश्चित गर्न मन्त्रालय र आबद्ध निकायले थप सतर्कताका साथ काम गर्ने निर्णय गरेको छ।
प्रकाशित: १८ आश्विन २०८२ १७:५९ शनिबार





