राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जनताको मतको सम्मान गर्दै जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्र फाटो ल्याउन विभिन्न समूह सक्रिय रहेको उल्लेख गर्दै सतर्क रहन आग्रह समेत गरेका छन् । ‘जनताले दिएको अपार मत विपक्षीलाई छेडखानीका लागि होइन, थप जिम्मेवारीका लागि हो,’ उनले भने।
लामिछानेले पार्टीमाथि लागेको अराजकताको आरोप हटाउने गरी काम गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन्। उनले बिचौलियासँग दूरी कायम राख्न जोड दिँदै विचौलियाको एक कप चिया खानुअघि शहीदका परिवार सम्झनुपर्ने बताए ।
त्यसैगरी, उनले सबै सांसदले सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन, स्वतन्त्रताको नाममा पार्टी अनुशासन ननाघ्न, र देश निर्माणमा इमान्दार भएर योगदान गर्न आग्रह गरेका छन्।
प्रकाशित: ४ चैत्र २०८२ १४:४० बुधबार





