१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

विमानस्थलमा थन्किएका राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याइयोस् : सांसद न्यौपाने

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले बाढी प्रभावितलाई भनेर आएको सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशी दातृ निकाय र देशले सामग्री विमानस्थलको कार्गोमा थन्किएको भन्दै सम्बन्धित क्षेत्रमा पुर्याउन माग गरे।

कोरोनाको बेला विदेशीले दिएको २० कन्टेनर सामान यसै खेर गएको स्मरण गर्दै उनले अहिले पनि विदेशीहरूले दिएको आधा नेपाललाई एक वर्षसम्म पुग्ने सामानहरू यसै थन्किएको भन्दै आपत्ति जनाए।

सम्बन्धित क्षेत्रका नागरिकहरूको मागअनुसार वितरण गर्न माग गर्दै उनले भने,‘ती सामग्रीहरूको व्यवस्थापन गरियोस्। विदेशीहरूले दिएका सामान एयरपोर्टमा अलपत्र रूपमा रहनु राम्रो होइन। आवश्यकता छ भने सम्बन्धित क्षेत्रमा पुर्‍याइयोस्। एयरपोर्टमा अलपत्र सामान छाडेर नागरिकहरूलाई मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्नु नपरोस्।’

प्रकाशित: १ आश्विन २०८३ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App