५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डको भारत भ्रमणप्रति संकेत गर्दै गोकुले भने : चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनाव सुरुङमार्गको प्रवेशमै अल्झिएको जस्तो देखिएको उल्लेख गरेका छन्।

बास्कोटाले चुनावको कुरा २०८४ सम्मै मात्र सीमित हुने कि त्यसपछि पनि निरन्तर टर्दै जाने भन्ने अन्योल कायमै रहेको सङ्केत गरे। ‘नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने, मनचिन्ते झोली नखुले हुने अवस्था देखिन्छ,’ उनले लेखेका छन्।

उनको भनाइले निर्वाचनको समयसीमा, राजनीतिक स्थिरता र निर्णय क्षमतामाथि प्रश्न उठाएको छ। बास्कोटाले ‘दिल्ली टाढा छैन भन्छन्, के हो के हो?’ भन्दै राजनीतिक निर्णयमा बाह्य प्रभाव र अनिश्चितताको आशङ्का पनि व्यक्त गरेका छन्।

नेता बास्कोटाको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक तरलता र निर्वाचनप्रतिको अन्यौलतासँग जोडेर हेरिएको छ। साथै केही निर्णय लिनु पर्याे कि दिल्ली धाउने नेपाली राजनीतिप्रति पनि उनको कटाक्ष छ। यति बेला नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा दिल्ली भ्रमणमा छन्।

उनले फेसबुकमा लेखेका छन्, 'फागुनमा घोषित चुनाव सुरुङ मार्ग प्रवेश भएछ तर कुरा चैँ चौरासीसम्मै हो झन् या पछिसम्म हो चुनावकै भइरहने भएछ, नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने मनचिन्ते झोली नखुले हुने। दिल्ली दूर नहिँ भन्छन्, के हो के हो?'

प्रकाशित: २२ पुस २०८२ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App