२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद् अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकका निर्णयबारे जानकारी दिँदै पोखरेलले आगामी वैशाख २८ गते दिउँसो २ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न सिफारिस गरिएको बताए।

आजको बैठकमा संसद् अधिवेशन आह्वानसम्बन्धी एउटा मात्र मुख्य एजेन्डा रहेको र सोहीबमोजिम निर्णय भएको उनले जानकारी दिए।

‘यही वैशाख २८ गते दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नका लागि सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय भएको छ,’ उनले भने।

प्रकाशित: २२ वैशाख २०८३ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App