२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नयाँ सरकारसँग काम गर्न तयार छौं : मुख्य सचिव अर्याल

फाइल तस्बिर

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले नयाँ बन्ने नागरिक सरकारसँग काम गर्न प्रशासन तयार रहेको बताएका छन्। उनले अहिलेको अवस्थामा पनि अत्यावश्यक सेवाहरू अनलाइनमार्फत सञ्चालन भइरहेको जनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए। 

शुक्रबार भौतिक संरचनाको क्षति निरीक्षणपछि उनले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन्। उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको जानकारी दिए। 

‘मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छौ,’ शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले भने, ‘राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको छ ।’   

‘बिहिबारबाटै राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ,’ उनले थपे, ‘अत्यावश्यक आवश्यक सेवाहरू खानेपानी, विद्युत् तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि सरोकारवाला निकायहरूलाई निर्देशन दिइसकेका छौँ।’ 

प्रकाशित: २७ भाद्र २०८२ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App