१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

२ करोड ७४ लाख जमानत राखेपछि रवि छुट्ने

रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार जमानत राखेर छोड्न अदालतले आदेश दिएको छ ।  

उच्च अदालत बुटवलकाअनुसार रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

रास्वपा सभापति लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा भएको सुनुवाइसँगै धरौटी बिगो बुझाएर लामिछानेलाई रिहा गर्न आदेश दिइएको हो ।  

लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।

आजको सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, दीपेन्द्र झा, महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । यस्तै जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए ।  

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदनलाई जिल्ला अदालतले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका थिए ।

प्रकाशित: ३ पुस २०८२ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App