२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

‘घण्टी घर’ मा बाजागाजासहित रविको स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो हिरासत बसाई पछि आइतबार पहिलो पटक पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ प्रवेश गरेका छन्।

उनको स्वागत गर्न हजारौंको संख्यामा रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कार्यकर्ता तथा शुभचिन्तकहरूले उनलाई बाजागाजासहित स्वागत गरेका थिए।

लामिछाने कार्यालय परिसरमा प्रवेश गर्नासाथ कार्यकर्ताहरूले ‘आयो आयो, बाघ आयो’ भन्दै चर्को नाराबाजी गरेका थिए।

शुक्रबार उच्च अदालतको आदेशपछि उनी अदालति प्रकिया पूरा गरि शनिबार रिहा भएका हुन्। शनिबार काठमाडौं ओर्लिए लगत्तै आन्दोलनका घाइते तथा शहीद परिवारसँग भेटघाट गरेका थिए।

आइतबार भने उनी पार्टीकाे नियमित काम कारबाहीमा फर्केका हुन्। उनले अपराह्न चार बजेका लागि केन्द्रीय कमिटि बैठक बोलाएका छन्। बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए।

प्रकाशित: ६ पुस २०८२ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App