४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नख्खु कारागार पुर्‍याइए रवि, बाहिर निकिता र रास्वपा सांसदको नाराबाजी

सहकारी ठगीमा पुर्पक्षका रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा अड्डासार गरिएको छ। शनिबार दिउँसो बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याएर उनलाई नख्खु कारागार पुर्‍याइएको हो। 

रविलाई काठमाडौंमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नख्खु कारागारसम्म उनको समर्थक र रास्वपाका नेताकार्यकर्ताको भिड लागेको थियो। विमानस्थलमा प्रहरीले छक्काएर अर्कै बाटो प्रयोग गरी बाहिर्‍याएको थियो। 

तर, नख्खु कारागारबाहिर भने ठुलो संख्यामा उनका समर्थक भेला भएका थिए। त्यो भिडको नेतृत्वमा रवि पत्नी निकिता पौडेल लामिछाने र रास्वपाका सांसद तथा नेता कार्यकर्ता पनि उपस्थित थिए। 

रविलाई कारागार पुर्‍याउँदा चर्को स्वरमा नाराबाजी पनि भएको थियो। रवि चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए । उनकै मागबमोजिम कारागार व्यवस्थापन विभागले उनलाई अड्डासार गरेर नख्खु कारागार ल्याएको हो। 

प्रकाशित: ३१ श्रावण २०८२ १८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App