पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गरेका छन्।
चीन भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेता खनालले लामिछानेले गल्ती नै नगरेको भनी आफूले पुष्टि गर्न नसक्ने तर राज्यको व्यवहार भने ज्यादतीपूर्ण रहेको बताए।
‘रवि लामिछानेले गल्ती, कमजोरी गरेकै छैनन् भनेर म भन्न सक्दिनँ,’ उनले भने, ‘तर उहाँमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको मलाई पनि महसुस भएको छ।’
सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि रास्वपा सभापति लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन्।
प्रकाशित: २८ असार २०८२ १४:५६ शनिबार





