२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

उनले जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा छठ पर्वको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। शनिबार जनकपुर पुगेपछि उनले जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन गर्ने र पार्टीका नेता-कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ।

आइतबार उनले मधेश प्रदेशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गर्नेछन्। सोही दिन दिउँसो ३ बजे गंगासागरमा हुने छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यस्तै, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि लामिछाने जनकपुरबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहले जानकारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०८३ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App