२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

उपसभामुख निर्वाचनबारे रणनीति बनाउन रास्वपा संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचना अनुसार बैठक आजै दिउँसो १:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकको मुख्य कार्यसूची 'उपसभामुखको निर्वाचन' रहेको छ। निर्वाचनमा पार्टीको भूमिका, उम्मेदवारी र अन्य दलहरूसँगको सहकार्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

आज हुने उपसभामुख पदको निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी मैदानमा छन्। 

रुबीलाई सत्तारुढ रास्वपाको पनि समर्थन रहेको छ।

प्रकाशित: २७ चैत्र २०८२ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App