४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाका महामन्त्री बुर्लाकोटी भन्छन्ः जनताले स्वीकार गर्न सक्ने उम्मेदवार छनोट गरेर पठाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले देशभर रास्वपालाई माया गर्ने जनताको उत्साह उच्च रहेको उल्लेख गर्दै त्यो उत्साहलाई कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। जनताले माया गर्ने पार्टी भएको बताउँदै उनले जनताले स्वीकार गर्न सक्ने उम्मेदवार छनोट गरेर पठाउने बताए।  

‘जनताले स्वीकार गर्न सक्ने उम्मेदवार छनोट गरेर पठाउँछौँ,' बुर्लाकोटीले भनेका छन्, ‘हाम्रो पार्टीले जनतालाई माया गर्ने हो, जनताले पार्टीलाई माया गर्ने हो। त्यसकारण जनताको भरोसा जोगाउने हाम्रो अभियान छ।’

महामन्त्री बुर्लाकोटीले पार्टी र जनताबीचको आपसी भरोसालाई मुख्य आधार बनाइएको बताए। पार्टीभित्र क्षमतावान् व्यक्तिहरूको उपस्थिति रहेकाले उनीहरूलाई उम्मेदवार बनाउँदा निराशा नआउने निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ। उनले यस अभियानमा आम नेपालीको साथ पाइने विश्वास पनि व्यक्त गरे।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोटका लागि कार्यदल गठन गरी कार्यविधि तयार गरिरहेको जनाएको छ। सोही कार्यविधिअनुसार उम्मेदवार छनोट गरिने र इच्छुक आकांक्षीका लागि देशभरबाट आवेदन खुला गरिने पार्टीले जनाएको छ।

 

यो पनि पढ्नुहोस्

उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ?

प्रकाशित: २२ पुस २०८२ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App