२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा बन्दसूची विवाद : अरनिको पाँडेले पनि नाम फिर्ता लिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा विवाद भएपछि एकपछि अर्को गर्दै नाम फिर्ता लिनेको लहर चलेको छ। पछिल्लो पटक अरनिको पाँडेले नाम फिर्ता लिने घोषणा गरेका छन्।

यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्। सूची संशोधनका लागि निर्वाचन आयोगले पुस २८ गतेसम्मको समय दिएको छ। 

यसबारे जानकारी गराउँदै उनले लेखेको फेसबुक स्टाटस हेर्नुस्

म सधैँ देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्द सूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्द सूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ। मलाई बन्द सूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एक पटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु।

प्रकाशित: २१ पुस २०८२ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App