प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै ‘हाँडीबाट घोप्ट्याएपछिको भेल बाढीजस्तो’ भन्दै टिप्पणी गरेका छन्। शुक्रबार नेकपा एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ’ भन्दै टिप्पणी गरेका छन्। शुक्रबार नेकपा एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘जसको न कुनै योगदान थियो, न इतिहास छ कसले हाँडीबाट हुत्याइदिएका । यो कुनै भलबाढी पनि होइन, हाँडीबाट घोप्टाइदिएपछि एकछिन यसो बाढीजस्तो हुन्छ नि। त्यस्तै मात्रै हुन्,’ प्रधानमन्त्री ओलीले ।
‘त्यस्ता तत्त्वको बहाव आएको छ रे !’ भनेर भ्रममा नपर्न उनले आग्रह गरे । ‘के को बहाब ? यी तत्त्वहरूको छानबिन गर्दै जाने हो भने बिस्तारै प्रकट हुँदै जान्छन्, कस्ता तत्त्व हुन भनेर,’ उनले भने।
त्यस्ता तत्त्व कस्ता हुन भनेर आफूले भनिरहनु नपर्ने पनि ओलीले बताए। उनले भने, ‘मैले भन्नुपर्दैन, अदालतले भनिराख्या छ। अरु कुराले भनिराखेको छ।’
एमालेजस्तो पङ्क्ति नेपालको इतिहासमा सबैभन्दा पुरानो धार रहेको उनले दाबी गरे।
प्रकाशित: २० भाद्र २०८२ १३:५९ शुक्रबार





