२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मिराजको दल घोषणामा देखिएको दुर्लभ दृश्य: इन्द्रजितको मौन प्रदर्शन

जेनजी अभियन्ता मिराज ढुंगानाको दल घोषणा कार्यक्रममा एक दुर्लभ दृश्य देखिएको छ। एभरेस्ट होटलमा आयोजित कार्यक्रममा इन्द्रजित साफी नामका युवाले कालो चस्मा र मास्क लगाएर मौन प्रदर्शन गरेका हुन्। 

उनले छातीमा सेतो कागजको प्लेकार्ड बोकेका थिए। 

प्लेकार्डमा ‘जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन कहिले?’, ‘नि:शुल्क शिक्षा, उपचार र रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका माग राखेका थिए।

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १ कार्तिक २०८२ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App