१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा झन्डा बोकेर घरदैलो गर्न थाले रञ्जु–समीक्षा

विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समाहित भएकी नेतृहरू रञ्जु दर्शना र समीक्षा बास्कोटा घरदैलोमा निस्किएका छन्। रास्वपाको चुनाव चिन्ह घण्टी अंकित नीलो झन्डा बोकेर दुवै नेतृहरू समर्थकसहित काठमाडौंमा घरदैलोमा निस्किएका छन्। 

आइतबार पहिलो दिनका ‘घरदैलो कार्यक्रमका केही झलकहरू’ भनेर रञ्जुले केही तस्बिर सार्वजनिक नै गरेकी छन्। बासुकीनगर काठमाडौंबाट सुरु गरेको घरदैलो जोरपाटी, नयाँ बस्ती, बौद्धका गल्ली–गल्ली, टोल–टोलमा आफूहरू घरदैलोमा पुगेको रञ्जुले लेखेकी छन्। 

‘दिदीबहिनी, दाजुभाइ, यसपालि भोट घण्टीलाई भन्दै हिँडेको त, हामीले त घण्टी बजाउने पक्का भइसक्यो भन्ने कुरा ९० प्रतिशत भन्दा बढी आम नागरिकले दिनुभयो,’ रञ्जुले दाबी गर्दै लेखेकी छन्, ‘यसपालि देशमा नीलो क्रान्ति अवश्य हुनेछ।’ 

विवेकशीलबाट रास्वपा प्रवेश गरेका दुवै नेतृले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फमा इच्छा जाहेर गरेका छन्। 

May be an image of one or more people, street and text
May be an image of one or more people and text

प्रकाशित: ६ पुस २०८२ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App