सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले उनको ‘कट आउट’ तस्बिरमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन्।
शनिबार काठमाडौं र भैरहवामा आयोजित कार्यक्रममा समर्थकहरूले लामिछानेलाई निर्दोष दाबी गर्दै उनको शीघ्र रिहाइको कामना गरे।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा आयोजित कार्यक्रममा समर्थकहरूले लामिछानेको कट आउटमा राखी बाँध्दै उनको सुस्वास्थ्य र न्यायको कामना गरे।
ब्राह्मणद्वारा मन्त्रोच्चारण भइरहँदा उपस्थित केही समर्थकहरू भावविभोर भएका थिए। उनीहरूले लामिछानेलाई आफ्नो दाइ-भाइ मानेर राखी बाँधेको र यो कठिन समयमा उनको साथमा रहेको सन्देश दिन चाहेको बताए।
सहकारीको रकम हिनामिना गरेको आरोपमा मुछिएका सभापति लामिछाने हाल पुर्पक्षका लागि भैरहवा कारागारमा छन्। रास्वपाले भने उक्त आरोपलाई राजनीतिक प्रतिशोध साँध्न लगाइएको अभियोग बताउँदै आएको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक















प्रकाशित: २४ श्रावण २०८२ १९:२४ शनिबार





