नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
हाल एमालेको प्रचारप्रसार विभाग प्रमुखको रूपमा रहेका गौतमले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।
उनले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको भनेका छन्।
नागरिकसँग कुरा गर्दै उनले भने, ‘नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि उपमहासचिव पदबाट विधिवत रूपमा उम्मेदवारी फिर्ता लिएको हुँ। अब दुई समूहका तीन/तीन जनालाई मैले प्रतिस्पर्धाका लागि छाडिदिएको छु।’
प्रकाशित: १ पुस २०८२ ११:३० मंगलबार





