कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डलले पर्यटन मन्त्री अनिल कुमार सिंन्हसँग भेटवार्ता गरेको छ।
कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालको पर्यटन क्षेत्रका सम्भावना, लगानी अवसर, साथै हवाई सेवा र उड्डयन क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल गरिएको छ ।
भेटका क्रममा दुवै पक्षले नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका छन्। निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै पर्यटन तथा उड्डयन क्षेत्रमा संयुक्त लगानी र साझेदारीका सम्भावनाबारे पनि छलफल भएको छ।
कतारी टोली नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा नेपाल आएको हो ।
प्रकाशित: २६ माघ २०८२ १२:०२ सोमबार





