२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्णबहादुर खड्काको दुखेसोः महामन्त्रीहरूले धोका दिए...

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘धोका’ दिएको गुनासो गरेका छन्। बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो समीक्षा सुनाउँदै खड्काले यस्तो दुखेसो पोखेका हुन्।  

खड्काले पुसमा नियमित महाधिवेशनको मिति तय गर्दा नै सम्भावित समस्याबारे छलफल गरेको केन्द्रीय समितिलाई सुनाएका छन्।  ‘उतिबेला सल्लाहअनुसार नै कार्य तालिका ल्याइएको हो। काम गर्दागर्दै भ्याइएन भने के गर्ने भन्ने पनि सल्लाह थियो,’ खड्काले भने, ‘तर अहिले महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जस्तो गरेर धोका दिनुभयो।’ अहिले दुवै महामन्त्रीले आफ्नो केही दोष नै नभए जसरी अरुकै थाप्लामा हालेर विशेष महाधिवेशनको एकतर्फी रटानमा लागेको कार्यवाहक सभापति खड्काले बताए। उनले अगाडि भने, ‘अहिले महामन्त्रीहरू पार्टीलाई विभाजन गर्नेगरी जानुभयो।’

बैठकमा खड्काले महामन्त्रीहरूबाट प्रस्ताव फेरीफेरी आएको, कुनै–कुनै प्रस्ताव मान्नै नसक्ने खालका र कुनै व्यक्तिको संवैधानिक अधिकार नै कुण्ठित गर्ने खालका आएकाे पनि खड्काले बताए। ‘एक जीवन्त लोकतान्त्रिक पार्टीले संविधानले व्यक्तिलाई दिएको अधिकार कसरी कुण्ठित गर्नसक्छ?,’ खड्काले भने।  

प्रकाशित: ३० पुस २०८२ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App