२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

१० कम्युनिष्ट घटकको एकीकरणमा पुनले भने: नयाँ चुनौती थपियो

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले १० वटा कम्युनिष्ट घटक लोकतन्त्रलाई मानेर एउटै मञ्चमा उभिएको र राष्ट्रिय सम्मेलन गरेको बताएका छन्।

उनले नयाँ बन्दै गरेको पार्टीले जेन जी पुस्ताको मागलाई आत्मसात गरेको र नेपालको पहिचान, स्वाधीनता र इतिहासमा भएको आक्रमणको अनुसन्धान हुनुपर्ने माग राखेको जानकारी दिएका छन्।  

नेता पुनका अनुसार एकीकरणमा सहभागी हुने १० घटकहरूमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा छन्।

उनले कम्युनिष्ट आन्दोलनको प्रवाह, समावेशिता र सङ्घीयताको आन्दोलन तथा विकसित नेतृत्वलाई एकीकृत र ध्रुवीकृत गर्दै यी १० घटकलाई एकै मञ्चमा ल्याइएको बताए।  

राष्ट्रिय एकीकरणको सन्दर्भमा बोल्दै नेता पुनले राष्ट्रिय प्रश्नहरूमा नयाँ चुनौती थपिएको तथा भूराजनीतिक द्वन्द्व देखिएको अवस्थामा नेतृत्वको गठन, पुनर्गठन र रूपान्तरणबारे नयाँ बहस सुरु भएको धारणा राख्दै नयाँ जेनजी ले संसारभरिको विचार, राजनीति र प्रविधि देखेको कारण नेपालमा पनि स्मार्ट खालको पार्टी, स्मार्ट खालको नेतृत्व, स्मार्ट पूर्वाधारसहितको विकास खोजिरहेकोले नयाँ पार्टी घटकले यी मागलाई समेटिएको  बताएका छन् । ।

जेन जी आन्दोलनपछि यी घटकहरू एकै ठाउँमा उभिएको र अब सामाजिक तथा आर्थिक रूपमा चुनौती थपिएको भन्दै पुनले नयाँ पार्टीले जेन जीको मागलाई आत्मसात गर्दै नेपालको पहिचान, स्वाधीनता र इतिहासमा भएको आक्रमणको अनुसन्धान हुनुपर्ने महत्वपूर्ण माग राखेको बताए।

प्रकाशित: १९ कार्तिक २०८२ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App