१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बुधबारदेखि प्रदेशसभा तरकारी बजारमा सर्ने

आगामी बुधबारदेखि कोशीको प्रदेशसभा सचिवालय मोरङको कटहरी गाउँपालिकास्थित तरकारी बजारमा सर्ने भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आगामी बुधबारदेखि प्रदेशसभा सचिवालय कटहरीस्थित तरकारी बजारबाट सञ्चालन हुने बताए ।  

भण्डारीले कटहरीस्थित तरकारी बजारमा प्रदेशसभा सार्ने विषयमा सहमति भइसकेको र प्रदेससभा सचिवालयबाट प्रस्ताव पनि सरकारलाई आइसकेको बताए । ‘आगामी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर आउने बुधबारदेखि प्रदेशसभा सचिवालय तरकारी बजारमा सञ्चालन हुने छ ’ भण्डारीले भने ।  

जेनजी आन्दोलनपछि कोशी प्रदेशको अवस्था, पुनः निर्माणलगायतका विषयमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको छलफलमा मन्त्री भण्डारीले पुरानो प्रदेशसभा सचिवालय भवन र बैठक हल दुबै जलेर खण्डहर भएपछि प्रदेशसभा विराटनगरबाट कटहरी स्थित तरकारी बजारमा लैजाने तयारी गरिएको बताए ।  

मन्त्री भण्डारीले प्रदेश सरकारका धेरैजसो गाडी आन्दोलनका क्रममा जलेको भए पनि अत्यावश्यक बाहेकका गाडी खरिद नगर्ने स्पष्ट पारे । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका १६ जनाको मृत्यु भएको  थियो । प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयहरू गरी ५० वटा भौतिक संरचना जलेर नष्ट भएको थियो । 

प्रकाशित: १६ कार्तिक २०८२ २०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App