बागमती प्रदेश सभाको बैठक आज (मंगलबार)देखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ। भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेश सभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भई १८ महिनामा सकिने गरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो। तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो।
सहरी विकास तथा भवन कार्यालय हेटौँडा मकवानपुरमार्फत अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले रु पाँच करोड २९ लाखको लागतमा उक्त भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।
प्रकाशित: २७ श्रावण २०८२ ०८:१५ मंगलबार




-600x400.jpg)
