२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

त्रिविमा निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. बज्राचार्यलाई

त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ। 

सरकारले अध्यादेशमार्फत विभिन्न संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई पदमुक्त गरेसँगै विश्वविद्यालयका पदाधिकारीहरू पनि हटेका हुन्। यसअघि नै विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधिकारीहरूले राजीनामा दिएका थिए। 

विश्वविद्यालय पदाधिकारीविहीन बनेपछि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। 

यसैबीच, विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ। समितिले उपकुलपतिको पदका लागि आवेदनसमेत आह्वान गरेको छ।  

प्रकाशित: ३१ वैशाख २०८३ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App