३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा: मुख्यमन्त्री बानियाँ

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताएका छन्।

नारायणी यातायात व्यवसायी सङ्घले आज एक कार्यक्रम आयोजना गरी उनलाई बधाइ तथा स्वागत गरेको थियो।

सङ्घको सल्लाहकार समेत रहेका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए।

यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थाका राष्ट्रिय राजमार्गहरु मर्मतका लागि पहल गर्ने बताए।

पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्नेमा उनको जोड छ। मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड रहने बताए।

सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराए।

पञ्जीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको गुनासो उनले गरे।

प्रकाशित: २१ श्रावण २०८२ २०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App