२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि नमुना मतपत्र छपाइ धमाधम

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ कार्य सुरु भएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बिहीबारबाट नमुना मतपत्र छपाइ सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका सह-प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आजबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको नमुना मतपत्रको छपाइ थालिएको हो।

उनले समानुपातिक प्रणालीका लागि प्रयोग हुने मतपत्र तथा दुवै निर्वाचन प्रणालीका नमुना (सिकाइका लागि प्रयोग हुने) मतपत्र छापिने जानकारी दिए।

न्यौपानेका अनुसार प्रत्यक्षतर्फको वास्तविक मतपत्र भने उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएपछि मात्र छपाइ गरिनेछ।

निर्वाचन आयोगको योजना अनुसार समानुपातिकतर्फका मतपत्र तथा नमुना मतपत्रको छपाइ फागुन २५ देखी २७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

समग्र छपाइ कार्य भने आयोगको कार्ययोजना अनुसार फागुन १० गतेभित्र सक्ने तयारी रहेको उनले जानकारी दिए।

प्रकाशित: २४ पुस २०८२ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App