प्रतिनिधिसभा निर्वाचन अघि र पछि एकअर्काप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङ राईबीच भेट भएको छ।
सामाजिक सञ्जालमा लेखिएका विषयमा आलोचनात्मक टिप्पणी गर्दै आएका दुई नेताबीच प्रतिनिधिसभा निर्वाचनपछि पनि बहस चलिरहेको थियो। पछिल्लो समय प्रधानमन्त्री शाहले बोलाएको बैठक अध्यक्ष राईले कोठे बैठक भन्दै अस्वीका गरेका थिए।


प्रतिनिधि सभाको अधिवेशन सुरु भएको पहिलो दिन नै दुई नेता अंगालो हाल्दै गरेको अवस्थामा भेटिए। दुई नेताबीच हार्दिकता देखिएको प्रष्ट हुन्छ। तस्बिरमा उनीहरूले मोबाएल नम्बरसमेत साटासाट गरेको देखिन्छ।
प्रकाशित: १९ चैत्र २०८२ १७:०४ बिहीबार




-600x400-wm.jpg)
