प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा अनुपस्थित भएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि अधिवेशन आह्वान गरेअनुरुप पहिलो बैठक सुरु भएको हो। तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएनन्।
पहिलो बैठकमा नै सरकारले जारी गरेर ८ वटा अध्यादेश टेवल गर्ने कार्यसूची छ। त्यसअनुसार केही अध्यादेश पेश गरेको छ भने केही अहिले साँझ ५ बजे बस्ने बैठकमा प्रस्तुत गर्ने सरकारको तयारी छ।
दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने भएकाले प्रतिनिधिसभाको बैठक अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रकाशित: २८ वैशाख २०८३ १५:१७ सोमबार





