१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भन्छिन्: सरकार जेन-जी शहीद परिवारका मागभन्दा दायाँबायाँ जाँदैन

प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेन-जी शहीद परिवारका मागभन्दा दायाँबायाँ नजाने बताएकी छन् । आज जेन-जी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्दै जेन-जीकै माग अनुसार सरकार अघि बढ्ने बताइन् ।  

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाएका थिए।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी थिइन । जेन-जी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले आग्रह गरिन् ।  

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन पनि प्रधानमन्त्रीले आग्रह गरेकी छन् ।  

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन सुझाएकी छन् ।  

 

प्रकाशित: ५ मंसिर २०८२ २२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App