प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ।
काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन तीन दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केही समयमै कार्यालय प्रमुखहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यस्तो निर्देशन दिएको हो।
सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले अन्त्यन्त जरुरी सूचना जारी गर्दै सबै जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन अनुरोध गरेका हुन्।
‘जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुँदा आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गतेसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगी सक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १३:५० शनिबार





