प्रधानमन्त्री सुशीला कार्कीले राजावादी अभियन्ता दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन्। बिहीबार सिंहदरबारमा प्रसाईँको टोलीसँग प्रधानमन्त्री कार्कीले भेटवार्ता गरेकी हुन्।
भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन्। प्रसाईं समूहले राखेका मागबारे छलफल गर्न भेटवार्ता भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
प्रकाशित: १७ पुस २०८२ १४:४६ बिहीबार





