१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

रियल मड्रिड घुमेर फर्केका प्रधानमन्त्रीको गफः रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौँ

असारको दोस्रो साता रियल मड्रिड घुमेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा मेसी र रोनाल्डोभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।

एन्फाद्वारा दशरथ रङ्गशालामा बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना नानीहरूलाई  सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड ‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने लक्ष्यमात्र राखेका छैनौ,’ प्रधानमन्त्रीले भने, ‘अझ  त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएका छौ।’ 

त्यसका लागि देशैभर खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको बताउँदै उनले देशभर नै रङ्गशाला र खेल मैदानको कमी हुन नदिने बताए। ‘अब छिट्टै नै हामी भक्तपुरको मा ५० हजार दर्शक अट्ने रङ्गशाला निर्माण गर्न लागिरहेका छौँ,’ उनले भने, ‘तिमीहरू हुर्कदा र खेलाडी हुँदासम्म रङ्गशाला तयार भइसकेको हुनेछ।’

प्रकाशित: १६ श्रावण २०८२ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App