२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि चीन जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि चीन भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार संघाई कोअपरेशन अर्गानाइजेशमा भाग लिन भदौ १४ गते चीन भ्रमणमा जाने भएका हुन्। उनी सो कार्यक्रममा भाग लिएर भदौ १८ गते फर्कने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्घाटन गर्ने सो कार्यक्रममा विश्वभरका दुई दर्जन राष्ट्र प्रमुखहरू सहभागी हुने बताइएको छ।

‘प्रधामन्त्रीज्यू ३० अगष्टमा चीन जानु हुने छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने। उनी चीनबाट फर्केपछि लगत्तै भारत भ्रमणमा जाने छन्।

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै छन्। उनी भदौ १ गते भारत भ्रमणको निमन्त्रणा लिएर काठमाडौं आउन लागेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको १२ महिनापछि ओली भारत भ्रमणमा जान लागेका हुन्।

प्रकाशित: २९ श्रावण २०८२ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App