चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि विभिन्न देशका उच्च राजनीतिज्ञसँगको भेटलाई निरन्तरता दिएका छन् ।
मंगलबार उनले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गरेका हुन् । बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा भएको भेटमा दुई पक्षीय हित, आपसी सहयोग लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनमा राष्ट्रपति, भारतका प्रधानमन्त्री, रुसका राष्ट्रपतिलगायतसँग कुराकानी गरेका थिए ।
प्रकाशित: १७ भाद्र २०८२ १७:३९ मंगलबार




-600x400.jpg)
