१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा प्रधानमन्त्री कार्कीले सात दलसँग निर्वाचनबारे छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न सात राजनीतिक दलसँग आगामी निर्वाचनबारे छलफल गर्ने भएकी छन्। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग उनले कुरा गर्न लागेकी हुन्। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कार्की नेतृत्वको सरकार गठन भएको थियो। अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ। बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। 

प्रकाशित: ४ कार्तिक २०८२ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App