प्रधानमन्त्री सुशीला कार्कीले सरकारको कामको प्रगति खोज्न छलफल थालेकी छन् । मन्त्री तथा सचिवको कार्य प्रगति विवरण खोज्दै भइरहेका कामको जानकारी लिन प्रधानमन्त्री कार्कीले डाकेको बैठक सिंहदरबारमा जारी छ ।
बैठकमा वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण बारे छलफल हुँदैछ ।
सचिवहरूले आफ्ना मन्त्रालय र निकायको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । सबैको विवरण सुनेर आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले निर्देशन दिनेछिन ।
प्रकाशित: १७ कार्तिक २०८२ १५:०४ सोमबार





