२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा जेन–जी शहीद परिवारसँग भेटघाट

प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटघाट गरेकी छन्। बिहीबार काठमाडौंमा रहेका तीन जना शहीदका परिवारसँग प्रधानमन्त्री कार्कीले भेटघाट गरेकी हुन्।  

सबैभन्दा पहिला प्रधानमन्त्री कार्कीले बागलुङ घर भई हाल काठमाडौँको वनस्थलीमा पुगेर शहीद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी थिइन्। त्यसपछि नागार्जुन–३ पुगेर शहीद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेटघाट गरेकी छन्।  

प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि शहीद परिवारलाई भेट्न गएका थिए। भेटघाटपछि सञ्चार मन्त्री खरेलले प्रधानमन्त्री कार्की र आफूले आज विजयादशमीको टीका नलगाएको बताए। ‘प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन,’ उनले भने, ‘जेन–जी आन्दोलनका मृतक तथा शहीद परिवारसँग भेटघाट र कुराकानी गरियो, शहीद परिवारको इच्छा शहीदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो।’   रासस

प्रकाशित: १६ आश्विन २०८२ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App