पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका युवा अभियन्ता सागर ढकालले देशमा पुनः लोडसेडिङ फर्किएको भन्दै सरकारप्रति व्यंग्य गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अँध्यारो कोठा’ उपहार दिने घोषणा गरेका हुन्।
बुधबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै ढकालले कुलमान घिसिङजस्ता सक्षम व्यक्तिलाई जिम्मेवारीबाट हटाउँदाको परिणाम देशले भोग्नुपरेकोतर्फ सङ्केत गरेका छन्।
‘प्रधानमन्त्री ज्युलाई मेरो उपहार - अँध्यारो कोठा,’ उनले लेखेका छन्, ‘पूर्वाधार डिजाइनको काम गर्न सकिएन। अब लोडसेडिङ पुन सुचारु गरेकोले कालो अँध्यारो कोठा छ। सक्षम जतिलाई निकाल्न वा कुनामा थन्क्याउन सफल हुनुभएकोमा अब यही ‘कालो कोठा’ मेरो तर्फबाट प्रधानमन्त्री ओली र शेर बहादुर ज्युलाई उपहार।’
प्रकाशित: ७ श्रावण २०८२ २०:४२ बुधबार





