प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका छन्।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सोमबार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन्।
खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन्।
प्रकाशित: ८ असार २०८३ १५:१९ सोमबार





-600x400.jpg)