६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गेका छन्। सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र उनका परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

'नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ। गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,' प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो। 

प्रकाशित: १९ भाद्र २०८२ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App