१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली परिवारलाई समवेदना व्यक्त गर्न गुण्डु पुगिन प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन्। 

उनले गुन्डु भक्तपुरस्थित निवासमा पुगेर पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको निधनमा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । 

प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदी ओली निवास पुगेका थिए । दुईजनाले स्वर्गीय मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण पनि गरे ।  

अध्यक्ष ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियाे।

प्रकाशित: १ चैत्र २०८२ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App