१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन बैठक

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन केन्द्रित छलफल गर्न मन्त्रीहरूसहितको बैठक डाकेकी छन् ।  

बैठकमा आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा अन्य समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी डाकिएको छ । बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा सरोकारवालाबीच छलफल हुनेछ ।  

राजनीतिक दलले निर्वाचनको कार्यतालिका परिमार्जन गर्न माग गरेपछि आवश्यक निर्णय लिने गरी आज छलफल हुने सचिवालयले जनाएको छ।

प्रकाशित: ४ माघ २०८२ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App